Saturday, December 24, 2011

बार्सिलोना फेरि विश्वविजेता



लियोनल मेसीको उदय र पेप ग्वार्डिओलाको आगमनसँगै साढे तीन वर्षयता स्पेनी क्लब बार्सिलोना रोक्नै नसकिनेजस्तो देखिँदै आएको छ। उसले क्लब फुटबलका मुख्य प्रतियोगिताहरू जित्दै आएको छ। प्रशिक्षक ग्वार्डिओलाको छोटो अवधिमै १३ औं उपाधि कब्जा गर्ने क्रममा बासिर् लोना आइतबार क्लब वल्र्डकप च्याम्पियन भयो।

तीन वर्षयता बार्सिलोना दोस्रोपल्ट क्लब वल्र्डकप च्याम्पियन भएको हो। योकोहामा ७० हजार दर्शकअघि बार्सिलोनाले फाइनलमा ब्राजिलको सान्तोसलाई ४-० ले हराएको थियो। त्यो फाइनल 'मेसीविरुद्ध नेयमर' को प्रतिस्पर्धा पनि थियो। किनभने धेरैले यी दुई चर्चित् खेलाडीको भिडन्त हेर्न चाहेका थिए।

यस्तोमा मेसीले बाजी मारे र बार्सिलोना फेरि विश्वविजेता बन्यो। विश्व फुटबलमा अहिलेको सर्वोत्कृष्ट खेलाडी मानिएका मेसीले फाइनलमा दुई गोल गरे। दुई वर्षअघि अर्जेन्टिनी क्लब एस्टुडियन्टेसलाई हराएर पहिलोपल्ट विश्वविजेता हुँदा पनि मेसीले अतिरिक्त समयमा निणर्ायक गोल गरेका थिए। सान्तोसविरुद्ध बाँकी गोल ज्याभी हर्नान्डेज र सेस फाब्रेगासको नाममा रह्यो।

ग्वार्डिओलाले यसपल्टको उपाधि स्ट्राइकर डाविड भियाप्रति समर्पित गरे। अल सदविरुद्धको सेमिफाइनलमा खुट्टा भाँचिएपछि भिया घर फकिर् एका थिए। उनी पाँच महिना मैदानबाहिरै रहनेछन्। युरोपेली च्याम्पियन्स लिगकेा विजेता भएकाले बार्सिलोनाले क्लब वल्र्डकप खेल्ने अवसर पाएको हो। सान्तोस दक्षिण अमेरिकी 'लिबेरटडोस' च्याम्पियन हो।

सेमिफाइनलमा बार्सिलोनाले एसियाली च्याम्पिन्स लिग विजेता अल सदलाई २-० ले पराजित गरेको थियो। सान्तोसले जे लिग च्याम्पियन कासिवा रेयसोललाई ३-१ ले हराएको थियो। घरेलु क्लब कासिवालाई टाइब्रेकरमा ५-३ ले हराएर अल सद तेस्रो भयो।

ओसियना च्याम्पियन अकल्यान्ड सिटीलाई प्ले अफमा २-० ले हराएर कासिवाले मुख्य 'ड्र' मा प्रवेश पाएको थियो। उसले उत्तर अमेरिकी च्याम्पियन मोन्टेरेयको चुनौती टाइब्रेकरमा समाप्त पार्दै अन्तिम चारको यात्रा तय गरेको थियो। अर्को क्वाटरफाइनलमा अपि|mकी विजेता एस्पेरेन्सले अल सदको हातबाट २-१ को हार बेहोर्‍यो। बार्सिलोना र सान्तोसले सीधै सेमिफाइनल खेल्ने अवसर पाएका थिए।

बार्सिलोनाका अर्जेन्टिनी प्लेमेकर मेसी मोस्ट भ्यालुएबल प्लेयर चुनिए। उनले गोल्डेन बल हात पारे। उनी दुई वर्षअघि पनि गोल्डेन बल विजे ता भएका थिए। उनीसँग पछि परेका ज्याभीले सिल्भर र नेयमरले ब्रोन्ज बल हात पारे।



वर्ष क्लब विश्वकप विजेता

सन् २००० कोरिन्थियन्स, ब्राजिल

सन् २००५ साओपाउलो, ब्राजिल

सन् २००६ इन्टरनेसनल, ब्राजिल

सन् २००७ एसी मिलान, इटाली

सन् २००८ म्यानचेस्टर युनाइटेड, इङल्यान्ड

सन् २००९ बार्सिलोना, स्पेन

सन् २०१० इन्टरमिलान,इटाली

सन् २०११ बार्सिलोना, स्पेन

Source:www.ekantipur.com

0 comments:

Post a Comment