Friday, December 23, 2011

काठमाडौँमा गोली चल्यो

काठमाडौं, पुस ८- काठमाडौँको कपनस्थित मिलनचोकमा एक सुनचाँदी व्यवसायीको गोली हानी हत्या गरिएको छ । गोली लागी गम्भीर घाइते भएका दियालेको चावहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गोली लागेर रोशन विक घाइते भएका छन् । उनको ओम अस्पतालमै उपचार भइरहेको छ । स्थानीय माता मनकामना सुनचाँदी पसलका साचालक दियालेमाथि साँझ ७ बजेको समयमा एउटा कालो र एउटा निलो मोटरसाइकलमा आएका अज्ञात हतियारधारीले गोली प्रहार गरेर भागेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीले पसलमा रहेको सुनचाँदी लुट्ने उद्देस्यले उनीमाथि गोली प्रहार भएको हुनसक्ने आशंका गरेको छ । यसअघि गत महिनामात्र ललितपुरको पुल्चोकस्थित गुणः ज्यासः पसः मा कार्यरत जुजुकाजी बज्राचार्यको पनि हत्या भएको थियो ।

Source:
www.abctvnepal.com


0 comments:

Post a Comment