Friday, December 23, 2011

तीन महिना सम्म पेट्रोलियम पदार्थको मूल्य नबढने

काठमाडौं ,पुस ८ - देशव्यापी रुपमा इन्धन अभाव चर्किएपनि सरकारले तीन महिना सम्म पेट्रोलियम पदार्थको भाऊ नबढाउने भएको छ । प्रधानमन्त्री कार्यालय िसंहदरबारमा आज भएको प्रधानमन्त्री अर्थमन्त्री र सरोकारवालहरुबीचको वार्तामा तत्कालका लागि पेट्रोलियम पदार्थको भाऊ नबढाउने सहमति भएको हो । पेट्रोलीयम पदार्थ आयातका लागि सरकारले डेढ अर्ब अनुदान दिने निर्णय गरेको अर्थमन्त्री बर्षमान पुनले जानकारी दिनु भयो । मन्त्री पुनले सरकारको अनुदानले ३ महिनासम्म पेट्रोलियम पदार्थको आयातमा कुनै अपठ्यारो नपर्ने र त्सबेला सम्म दिर्घकालीन व्यवस्था हुने बताउनुभयो ।

Source:
www.abctvnepal.com

0 comments:

Post a Comment