Friday, December 23, 2011

टोरेजलाई निकै नै सस्तो मूल्यमा बेच्न चेल्सी तयार



मंसिर २९ -स्पेनिस स्ट्राइकर फर्नान्डो टोरेजलाई निकै नै सस्तो मूल्यमा अन्य क्लबमा बेच्न चेल्सी तयार देखिएको छ । बेलायती फुटबलकै कीर्तिमानी रकममा लिभरपुलबाट चेल्सीमा आबद्ध भएका टोरेजले पछिल्लो एक वर्षमा जम्मा ३ गोल मात्रै गरेका छन् । टोरेजलाई चेल्सीले लिभरपुलबाट भित्र्याउन ५० मिलियन पाउन्ड खर्चेको थियो । यसपटक ३० मिलियन घाटा खाएर २० मिलियनमै टोरेजलाई बेच्न चेल्सी इच्छुक छ । लिभरपुलमा छँदा पि्रमियर लिगकै सर्वाधिक उत्कृष्ट स्ट्राइकर मानिने टोरेज चेल्सी आएपछि भने मैदानमा जम्न सकेका छैनन् । उनी अहिले चेल्सीबाट खेलिरहेका डिडियर ड्रोग्बा र स्टुर राइग्डभन्दा निकै कमजोर देखिएका छन् । २७ वर्षीय टोरेज सन् २०१० मा स्पेनले पहिलो पटक विश्वकप उपाधि उचाल्दा टोलीको सदस्य थिए । चेल्सीले टेारेजको सट्टा स्पेनकै अर्का स्ट्राइकर डेभिड भिल्लालाई क्लबमा भित्र्याउने सोच बनाएको छ । यता बासर्िलोना भिल्लालाई बेचेर टोरेजलाई क्लबमा भित्र्याउने दाउमा छ । भिल्लालाई आबद्ध गर्न लिभरपुल एष्टन भिल्ला लगायतका अन्य पि्रमियर लिग क्लबहरु अघि सरेका छन् । तर टेारेजलाई बेच्ने निर्णयमा चेल्सी पुगिसके पनि उनलाई भित्र्याउन कुनै पनि क्लबले प्रयास थालेको छैन् ।

Source:www.abctvnepal.com

0 comments:

Post a Comment