Thursday, December 22, 2011

लुटको एल्बम आयो

काठमाडौ, पुस ६ -
पाँच आवारा ग्याङको लुटपाट र अराजकतामा केन्दि्रत रहेको भनिएको फिल्म 'लुट' ले बुधबार आफ्ना गीतहरुको एल्बम सार्वजनिक गरेको छ ।

पुस २९ देखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्मलाई भारत र अस्टे्रलियाबाट समेत सोही मितिमा सार्वजनिक गर्न लागेको निर्मातामध्येका एक माधव वाग्लेेले जनाए । फिल्ममा पाँचजना ग्याङमा सौगात मल्ल, दयाहाङ राई, कर्म, सुशीलराज पाण्डे र प्रदीप न्यौपाने रहेका छन् । नायिका ऋचा शर्माको विशेष उपस्थिति रहेको फिल्ममा सुष्मा कार्कीको 'आइटम डान्स' छ ।

ओस्कार कलेजमा स्नातक अध्ययनरत निश्चल श्रेष्ठ 'लुट' का निर्देशक हुन् । उनले अध्ययनकै क्रममा बनाए पनि फिल्मको प्रोमो र गीतहरुबाट चर्चा पाउँदा खुसी लागेको बताए । 'फिल्मबाटै प्रोमो बनाइएकाले पनि फिल्म सोही ढंगको बनेको छ,' निश्चलले भने, 'जेहोस्, प्रोमोले देखाएको दर्शक आशालाई फिल्मले मर्न नदिनेमा विश्वस्त छु ।' यसअघि पनि 'फस्ट लभ' बाट सफल देखिएका निर्माता माधवले 'लुट' पनि सफल रहने दाबी गरे ।

प्रकाशित मिति: २०६८ पुस ७ ०९:२९


0 comments:

Post a Comment